असार २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमसँग आर्सनल पराजित भएको छ।
आइतबार राति नर्थ लण्डन डर्बीमा भएको खेलमा टोटेनहमले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जीत निकालेको हो। खेलको १६औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, खेलको १९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए। खेलको ८१औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटेनहमलाई २-१ को जीत दिलाए।
जीतसँगै टोटेनहम आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ। एजेन्सी
Facebook Comments


























