काठमाडौं, असार २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप १४७ जना संक्रमितहरु कोरोना मुक्त भएर घर फर्केको बताए।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ५८९ पुगेको छ।
Facebook Comments


























