काठमाडौं, असार २८ । साताको सुरुवाती कारोवार दिन नै नेप्से सकारात्मक देखिएको छ।
आज आईतबार नेप्से नौ दसमलव दुई अंकले बढेर १३ सय ४० दसमलव २९ बिन्दुमा चढेकोमा सेन्सिटिभ शुन्य दसमलव ९३ अंकले बढेर दुई सय ८१ दसमलव ४२ बिन्दुमा चढेको छ। एक सय ७९ कम्पनीहरुको १६ हजार आठ सय २६ वटा कारोवारमा आज २६ लाख ७८ हजार पाँच सय सात कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ११ करोड १० लाख ९० हजार दुई सय ७२ रुपैयाँ पुगेको छ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन। जसमध्ये पाँच वटा समुहको सुचक घटेर सात वटा समुहको सुचक बढेकाछन। ति मध्ये पनि बाँणिज्य बैंक समुहको सुचक एक दसमलव १४ अंकले घटेर ११ सय २३ दसमलव ३४ बिन्दुमा झर्दा बिकास बैक, होटल, जलबिद्युत र सामुहिक लगानी कोष समुहको सुचक पनि ओरालो लागेकाछन।
निर्जिवन बीमा समुहको सुचक भने आज ८० दसमलव ५४ अंकले बढेर छ हजार दुई सय ३८ दसमलव ११ बिन्दुमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ९७ दसमलव २४ अंकले बढेर आठ हजार दुई सय चार दसमलव ६२ बिन्दुमा चढेको छ। यि बाहेक फाईनान्स, लघुबित्त, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सुर्योदय लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९९ पैसाले बढेर नौ सय ६९ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ७६ पैसाले घटेर एक सय ८० रुपैयाँमा कारोवार भएको छ।
यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय ७६ रुपैयाँ अन्तिम मुल्यमा १६ करोड पाँच लाख ४१ हजार दुई सय ८३ रुपैयाँको कारोवार भएको छ।


























