असार २८ । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) विभिन्न चार खेल हुँदैछ।
ला लिगामा आइतबार सेभिया, एथ्लेटिक बिल्बाओ, लेभान्टे, भ्यालेन्सिया लगायतका टिमले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष चारमा रहेको सेभियाले मालोर्कासँग घरेलु मैदानमा खेल्नेछ।
सेभिया रेलिगेसन क्षेत्रमा रहेको मालोर्कालाई हराएर एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्न चाहन्छ।
चौंथो स्थानको सेभियाले ६३ अंक जोडेको छ। एट्लेटिकोको ६६ अंक रहेको छ। मालोर्का ३२ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ।
यस्तै अर्को खेलमा बिल्बाओले लेभान्टेसँग खेल्नेछ। त्यस्तै स्पानियोलले इबर तथा भ्यालेन्सियाले लेगानेससँग खेल्नेछ। एजेन्सी
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








