झापा, असार २८ । प्रहरीले झापाबाट १ लाख ६४ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ आइतबार बरामद गरेको छ।
पाँच सय र एक हजारका नक्कली भारतीय रुपैयाँका नोटसहित तीन जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ पर्नेहरूमा झापा कन्काई नगरपालिका वडा नं ३ वस्ने ४३ बर्षिय मौसम श्रेष्ठ, कन्काई वडा नं ४ वस्ने २८ बर्षिय खुर्सैद आलम र झापा गा.पा. वडा नं ५ वस्ने २४ बर्षिय एराजुल हक रहेका छन्।
झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ।
मौसम श्रेष्ठको साथबाट १ लाख ४४ हजार र आलमको साथबाट २० हजार ५ सय नक्कली भारु नोट फेला परिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments


























