असार २८ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न चार खेलहरु हुँदैछ।
प्रिमियर लिगमा शनिबार लेष्टर सिटी, आर्सनल, एभर्टन, टोटेनहम लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन्। चौंथो स्थानको लेष्टरले बर्नेमाउथसँग उसैको खेल्नेछ। बर्नेमाउथविरुद्ध मैदान उत्रदा लेष्टर जित निकाल्ने योजनामा हुनेछ।
बर्नेमाउथलाई पराजित गरेमा लेष्टर चेल्सीलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लने छ। लेष्टरले ३४ खेलमा ५९ अंक जोडेको छ। तेस्रो स्थानको चेल्सीको ६० अंक रहेको छ। २८ अंक जोडेको बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ।
प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ। दुवै टोलि जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछन्।
४९ अंक जोडेको टोटेनहम दशौँ स्थानमा रहेको छ। ५० अंक जोडेको आर्सनल आठौं स्थानमा रहेको छ। यस्तै उल्भ्सले घरेलु मैदानमा एभर्टनसँग खेल्नेछ। एस्टन भिल्लाले क्रिस्टल प्यालेससँग खेल्नेछ। एजेन्सी


























