असार २८ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो हार व्यहोरेको छ।
लिगको तेस्रो स्थानमा रहेको चेल्सी शनिबार राति सेफिल्ड युनाइटेडसँग ३-० गोल अन्तरले पराजित भएको हो।
घरेलु मैदानमा सेफिल्डलाई जित दिलाउन डाभिड म्याकगोल्ड्रिकले दुई गोल गरे। यस्तै ओलिभर म्याकब्रुनीले एक गोल गरे।
खेलको १८ औं मिनेटमा म्याकगोल्ड्रिकले गोल गर्दै सेफिल्डलाई सुरुवाती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा म्याकब्रुनीले गोल गर्दा पहिलो हाफमा सेफिल्ड २-० ले अघि रह्यो।
त्यसपछि खेलको ७७ औं मिनेटमा म्याकगोल्ड्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै सेफिल्डलाई ३-० को जित दिलाए।
यो हारसँगै चेल्सीले शीर्ष दुई टोलिसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ। चेल्सीले ३५ खेलमा ६० अंक जोडेको छ।
चेल्सीलाई हराएसँगै सेफिल्ड लिगको छैटौं स्थानमा उक्लिएको छ। सेफिल्डले ५४ अंक जोडेको छ। एजेन्सी
Facebook Comments


























