चितवन, असार २७ । पछिल्लो २४ घण्टामा चार सय ३१ जना कोरोना संक्रमणमुक्त भएकाछन्। कोरोना संक्रमणमुत्त हुनेको कुल संख्या आठ हजार चार सय ४२ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ। अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन्।
आइसोलेसन आठ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणमुत्त संख्या ५० प्रतिशत बढी पुगेको छ।
शुक्रबार १०८ , बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनामा कोरोना संक्रमण देखिएको थियो। यसरी हेर्दा कोरोनाको ग्राफ घट्दो छ। धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमण शून्य भएको छ।
पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य प्रवक्ता डा. गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ।


























