असार २७ । अफगानिस्तानस्थित हिन्दुकुश क्षेत्रमा शनिबार भूकम्प गएको छ। शनिबार ९ बजेर ५० मिनेटमा गएको उक्त भूकम्पको झड्का ४.३ म्याग्निच्युडको रहेको जनाइएको छ। उक्त भूकम्पका कारण अफगानिस्तानको उत्तरी क्षेत्रमा कम्पन महुसुस गरिएको थियो।
हिन्दुकुश क्षेत्र एसियाली मुलुकहरु अफगानिस्तान, भारत, पाकिस्तान, नेपाल, चीन लगायतका देशहरुका लागि धार्मिक महत्वका हिसावले महत्वपूर्ण स्थान मानिन्छ। अफगानिस्तानदेखि पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, बर्मा र चीनसहित आठ देशको आठ सय किलोमिटर क्षेत्रको पर्वतमाला हिन्दुकुशमा पर्छन्। एजेन्सी
Facebook Comments


























