असार २७ । संसारमा महिलालाइ देविको अवताको रूपमा लिने गरिन्छ। महिलालाइ नराम्रो नजरले समेत हेर्न नहुने विस्वास रहेको छ। मिहलालाइ एक महत्वपुर्ण वस्तुको रूपमा लिने पनि गरिन्छ। शिव पुराणमा महिलाहरूमा हुनपर्ने यस्ता गुण बताएका छन् जुन गुण हुनेमहिला सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् भनिएको छ। त्यस्ता मिहला धेरै भाग्यमानी हुने पुराणमा उल्लेख छ।
जान्नुहोस् कस्ता गुण भएका महिला भाग्यमानी हुन्छन्
१) पितासँग अनुहार मिल्ने महिला भाग्यमानी हुन्छन्। उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने शास्त्रमा बताइएको छ।
२) जुन महिलाको कालो कपाल र आगाडितिर झुकेको छ त्यो भाग्यमानी हुन्छ। चिल्लो, कोमल र मुलायम कपाल भएका महिलालाई पनि उत्तम मानिएको छ।
३) जुन महिलाको गोलो र चिल्लो तथा आकर्षक अनुहार छ त्यो भाग्यमानी हुन्छन्।
४) शिरको अगाडीको भाग उठेको महिला धनी र वैभवशाली हुने गर्छन्।
५) जुन महिलाको सिन्दुर लगाउने स्थान सिधा र उठेको छ ती महिला पनि भाग्यवती मानिन्छन्।
६) जुन महिलाको आँखीभौं जोडिएको छ ती महिलालाई विश्वास गर्न सकिन्न। आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता महिलालाई भाग्यमानी मानिन्छ ।
























