काठमाण्डौं, असार २७ । आज शनिबार सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्ला भएका छन्।
आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि राष्ट्र बैंकले वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्न निर्देशन दिएपछि ती कार्यालयहरू खुलेका हुन्।
राष्ट्र बैंकको निर्देशन अनुसार राजश्व संकलन गर्ने शाखा तथा काउण्टर, बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टर खुलेका हुन्।
Facebook Comments


























