काठमाडौं, असार २६ । बितेको २४ घण्टामा नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। हालसम्म ८ हजार ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन्। बितेको २४ घण्टामा मात्र थप १२० जना कोरोना मुक्त भई घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
हालसम्म नेपालका सातै प्रदेशमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो समय क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या घटिरहेको छ। हालसम्म २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा रहेका छन्।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
१) प्रदेश नं १ मा २ हजार ८ सय ७१
२) प्रदेश नं २ मा ३ हजार ४२
३) वाग्मती प्रदेशमा १ हजार ९ सय १३
४) गण्डकी प्रदेशमा ४ हजार १ सय ९१
५) प्रदेश नं ५ मा ५ हजार १ सय ११
६) कर्णाली प्रदेशमा १ हजार ८ सय ३५
७) सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ४७


























