सिंगापुर सिटी, असार २६ । कोराना भाइरस महामारीको कारण आर्थिक समस्या भोगिरहेको सिंगापुरमा ओयाजित आम चुनावमा शुक्रवार जनतले मतदान गरिरहेका छन्। मतदाताहरुलाई मास्क र पन्जा लगाउन जस्ता सुरक्षा उपायहरु ऋनिवार्य गरिएको छ।
एशिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये सबैभन्दा बढि सिंगापुरमा ४५ हजार जना भन्दा बढि कोभिड १९ संक्रमित भएका छन्। यसअघि महामारीकै समयमा पनि दक्षिण कोरियामा अप्रिलमा र सविर्यामा जुनको उत्तरार्धमा चुनाव सम्पन्न भएको थियो। स्वाधिनता प्राप्त गरेयता अहिले सम्म सिंगापुरमा एउटै राजनीतिक पार्टी सत्तामा रहँदै आएको छ। सोही पिपुल्स एक्सन पार्टी (पिएपि) ले यसपालि पनि विजय हासिल गर्ने विशवास गरिएको छ।
पिएपिको सफलताबाट वर्तमान प्रधानमन्त्री लि सियन लूंगलाई अर्को कार्यकाल प्राप्त हुने छ। सिंगापुरका संस्थापक तथा लामो समय सत्तामा रहेका सफल नेता लि क्वान यिउका पुत्र लि पनि सन् २००४ देखि सत्तामा रहँदै आएका छन्। एजेन्सी


























