सुनसरी, असार २६ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ।
सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।
कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ। पानीको बहाव यो वर्षकै उच्च हो।
कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ। ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ।
Facebook Comments


























