पोखरा, असार २६ । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन्।
१० जना मध्ये ५ जनाको मृत्यु भएको छ। उनीहरुलाई स्थानीय र प्रहरीको सक्रियातामा अस्पताल पुर्याइएको छ।
उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
राती जन्मदिन मनाउन अन्य पाहुँनासमेत आएका कारण घरमा कति जना थिए भन्ने खुल्न सकेको छैन।
हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ। त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको छ।
Facebook Comments


























