पोखरा, असार २६ । बिहीबार रातभर परेको पानीका कारण आएको बाढीले म्याग्दी सदरमुकाम बेनीलाई मुस्ताङको जोमसोमसँग जोड्ने बेलिव्रिज बगाएको छ।
शुक्रबार बिहान बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा गाउँपालिका ३ रहुघाटको पुल बाढीले बगाएको हो। बेलिव्रिज बगाएपछि मुस्ताङ जिल्लासँग सडक सञ्जालको सम्पर्क टुटेको छ।
अहिले सो क्षेत्र वरपर बस्ने बासिन्दालाई त्यहाँबाट सुरक्षित स्थानमा सारिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।
Facebook Comments


























