नयाँ दिल्ली, असार २४ । भारतको उत्तर प्रदेशमा भइरहेको एक बिहेमा बेहुलीको मृत्यु भएको छ। यो घटना कन्नौज जिल्लाको हो। उक्त जिल्लामा बिहे गर्दागर्दै बेहुलीको मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
बेहुला सञ्जय शुक्रवार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगेका थिए। बिहेका बेला १९ वर्षीय विनिताले असहज महसूस गरिन् र बेहोस भइन्।
उनका परिवारले विनितालाई लिएर अस्पताल पुगे। तर, अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउन भन्दै भर्ना गर्न मानेन।
विनिताका पिता कानपुर पुगे। तर, त्यतिबेलासम्म हालत बिग्रिसकेको थियो। समयमा उपचार नपाएर उनको ज्यान गयो।
कन्नौज प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएका छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ।
Facebook Comments


























