काठमाडौं, असार २४ । कोरोना भाइरस संक्रमण मुक्त हुने जिल्लाको संख्या ५ पुगेको छ।
बुधबारसम्म धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचार गराइरहेका छन्। ती जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा छन्।
Facebook Comments


























