काठमाडौं, असार २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको ईलाका प्रहरी कार्यालय, भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक राम बालक रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रहरी निरीक्षक रायले निर्माण सामग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधनबाट १२ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।
निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।
उनीविरुद्ध बिगो १२ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुने र घुस लिएको रकम जफत हुनसमेत मागदाबी लिई बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो।
Facebook Comments


























