काठमाडौं, असार २४ । कतारस्थित कारागारहरूमा विभिन्न अभियोगमा सजाय भुक्तान गर्ने क्रममा आममाफी पाएका तथा कतारको कानून उल्लंघनको कसुरमा नेपाल फिर्ताको प्रकियामा रही डिटेन्सन सेन्टरमा रहेका १ सय ६१ नेपालीहरू स्वदेश फर्किएका छन्।
कतारस्थित नेपाली दूतावासको समन्वयमा कतार एअरवेजको क्युआर ३३४६ उडानमार्फत बुधबार उनीहरू स्वदेश फर्किएका हुन्।
यसअघि १९ जुन २०२० मा यस्तै प्रकियाअन्तर्गत ४३ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका थिए।
Facebook Comments


























