असार २४ । ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
६५ वर्षीय राष्ट्रपति जायर बोलसोनारोले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन्।
उच्च ज्वरो आएपछि सोमबार कोरोना भाइरसको परीक्षण गराएका बोलसोनारोको मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा बुधबार बिहानसम्म ६६ हजारभन्दा बढीको मृत्यु भएको छ भने १६ लाख ७४ हजारभन्दा बढी संक्रमित भएका छन्। एजेन्सी
Facebook Comments


























