काठमाडौं, असार २२ । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
निगम स्रोतका अनुसार तीन पाइलट र ११ क्रू मेम्बरलाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएका पाइलट तथा क्रू मेम्बरलाई होटल क्वारेन्टिनमा राखिएको निगम स्रोतको भनाइ छ।
विदेशका विभिन्न स्थानमा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन चार्टर्ड उडानमा खटिएका पाइलट र क्रू मेम्बरलाई कोरोना देखिएको निगम स्रोतले जानकारी दियो।
Facebook Comments


























