असार २२ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिया रियललाई हराएको छ।
आईतबार राति बार्सिलोनाले भिया रियललाई ४–१ ले हराउँदै उपाधिको आशा कायमै राखेको छ।
पाउ टोरेसको आत्मघाति गोलसंगै बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता बनाएका थियो। जेरार्ड मोरिनोले १३ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए।
लुईस स्वारेजले २० औं मिनेटमा पुन बार्सिलोनालाई अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनालाई ३–१ ले अघि बढाए। खेल सकिन चार मिनेट बाँकी छदाँ अंशु फातीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए।
बार्सिलोनाको फरवार्ड लाईनमा देखिएका मेस्सी, स्वारेज र ग्रिजम्यानको प्रर्दशन प्रभावशाली देखिएको थियो।
मेस्सीले यस सिजनमात्र १९ गोलका लागि अन्तिम पास उपलब्ध गराएका छन्। उनले सन् २०१०–११ म मात्र यस सफलता हात पारेका थिए।
मेस्सीको गोललाई रेफ्रीले भारमार्फत अफसाईडको मान्यता दिएका थिए भने अन्तिम समयतिर उनको फ्रिकिक बारमा लागेर फर्किएको थियो।
बार्सिलोनाले शीर्ष स्थानको रियलसंगको दुरी चार अंकमा झारेको छ। जितसंगै बार्सिलोनाले उपाधिको झिनो सम्भावना बाँकी राखेको छ।
भिया रियलले कोरोनापछि सुरु भएको लिगमा पाँचमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो। क्लब ५४ अंक सहित तालिकाको पाँचौ स्थानमा छ।
पछिल्लो हारले च्याम्पियन्स लिगको दौडमा रहेको क्लबलाई घाटा लागेको छ। एजेन्सी


























