काठमाडौं, असार २२ । आज सोमबार सुनको मुल्यमा गिरावट आएको छ।
आइतबार छापावाला सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएकोमा आज सोमवार ३ सयले घटेर प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको छ।
तेजावी सुनको मुल्य भने ८९ हजार ७ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साथै चादीको मुल्य भने स्थिर रहि ९ सय ४० रुपैयामा कारोबार भएको बताएको छ।
Facebook Comments


























