असार २२ । दाँत पाचन प्रकृयामा मात्र होइन मानिसको ब्यक्तित्वमा समेत महत्वपुर्ण छ।
सफा, मिलेको दाँतले मानिसको सुन्दरतामा विकास गर्दछ। अझ शरीरलाई दाँत अनिवार्य छ। खाना चपाउनु दाँतको सबैभन्दा महत्वपुर्ण काम हो। तर दाँतको राम्रोसँग हेरचाह भएन भने यसले समस्या उत्पन्न गराउँछ।
तसर्थ दाँतलाई जोगाउन निम्न काम गर्नु पर्दछः
१) दाँतको सुरक्षा गर्न सबैभन्दा पहिलो काम हो, खानाअघि र पछि नियमित ब्रस गर्ने।
२) खाना वा खाजा खाइसकेपछि मुख कुल्ला गरेर दाँतमा अड्केको खानेकुरा निकाल्ने।
३) दाँतमा अड्केको खानाको टुक्रा निकाल्न सकेसम्म टुथपिन वा छेस्को प्रयोग नगर्ने।
४) दाँतलाई तलमाथि, दायाँबायाँ गरी सही तरिकाले ३ मिनेटसम्म माझ्ने।
५) दाँत माझ्न नरम र सफा ब्रसको प्रयोग गर्ने साथै प्रयोग अघि भिजाउने।
६) सुर्ती, गुटखा लगायतका सूर्तिजन्य पदार्थको सेवन नगर्ने।
७) दाँत माझ्न सकेसम्म फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्ने।
८) अत्यधिक मात्रामा चिसो पर्दाथको सेवन नगर्ने।
९) चकलेट वा गुलियो पर्दाथको सेवन कम गर्ने, सेवन पछि अनिवार्य मुख कुल्ला गर्ने।
१०) तार, ढुंगा वा कुनै पनि कडा वस्तु धातु नटोक्ने।
























