काठमाडौं, असार २१ । बागलुङमा आइतबार बिहान क्वारेन्टिनमा मृत्यु भएका युवकको स्वाब परीक्षण नतिजा ‘पोजेटिभ’ देखिएको छ।
उक्त युवाको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरले जानकारी दिए।
निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको थियो ।
केही समय अगाडि भारतबाट आएर उनी ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बस्दै आएका थिए। युवक मिर्गौलाको समस्याबाट ग्रसित थिए।
Facebook Comments


























