असार २१ । कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरिएको मलेरिया र एचआइभी एड्सको औषधि प्रभावहिन भएको छ।
मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभी संक्रमितलाई प्रदान गरिने लोपिनएविरररिटोनाविर औषधिको प्रयोगले संक्रमितको उपचारमा खास प्रभावकारिता नदेखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ती औषधि प्रयोगमा प्रतिबन्ध लगाएको छ।
कोरोना भाइरसबाट संक्रमित भएकालाई प्रदान गरिँदा त्यसले मृत्युदर रोक्न वा कम गर्न नसकेको डब्लुएचओले जनाएको छ।
सोही कारण यी औषधिको प्रयोग कोभिड–१९ का बिरामीमा नगर्ने निर्णय गरिएको हो। एजेन्सी
Facebook Comments


























