कपिलवस्तु, असार १९ । कपिलवस्तु जिल्ला अदालतमा दोभाषेको रुपमा सूचिकृत विश्वनाथ कुर्मी विरुद्द अख्तियारले मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मीले ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा कपिलवस्तु जिल्ला अदालतको शाखा अधिकृत पदबाट अवकास प्राप्त भई सोही अदालतमा दोभाषेको रुपमा सूचिकृत विश्वनाथ कुर्मीले ठगी मुद्दाको कपिलवस्तु जिल्ला अदालतबाट हुने थुनछेक आदेशको क्रममा धरौटीमा छाड्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भनी उक्त ठगी मुद्दाका व्यक्तिसँग बदनियतपूर्वक रकमको वार्गेनिङ गरी अदालतका कर्मचारीहरुलाई उक्त मुद्दा सहजीकरणको काम गराउनका लागि मनाउने उद्देश्यले घुस दिन वाध्य पारेको अख्तियारले जनाएको छ।

























