असार १९ । गलवान घाटीमा भारत र चीनवीच तनाव बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुगेका छन्। उनले गलवान झड्पमा घाइते जवान र त्यहां कार्यरत सेना र आईटीवीपीका अधिकारीहरुसंग अन्र्तक्रिया समेत गरेका छन्।
भारतीय संचारमाध्यममा चीफ आफ डिफेन्स स्टाफ जनरल बिपिन रावत लेह जाने समाचार प्रकाशित भएपनि अचानक शुक्रवार भारतिय प्रधानमन्त्री मोदी नै सेना प्रमुख एम नरवणेसहित त्यहां पुगेका हुन्। यसअघि रक्षामन्त्री राजनाथ सिंह लद्दाख जाने कार्यक्रम भएपनि अन्तिम समयमा भ्रमण रद्द भएको थियो।
मोदीको भ्रमण चीनलाई सन्देश दिन र फौंजको हौसला बढाउन भएको नवभारत टाइम्सले जनाएको छ। प्रधानमन्त्री मोदीले ११ हजार फिट उचाईमा रहेको नीमूमा सेनाका जवानका साथै लेफ्टिनेण्ट जनरल हरिंदर सिंहसंग सीमाको अवस्थाको वारेमा जानकारी लिएका थिए।
१५ जुनमा भारत र चीनका सेनाबीच गलवान उपत्यकामा भएको झड्पमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। उक्त घटनापछि दुवै देशको सम्बन्ध तनावपूर्ण रहि आएको छ। एजेन्सी


























