मुम्बई, असार १९ । हिन्दी चलचित्र जगतकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ।
सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन्। जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो।
उनको कोरोना संक्रमण पनि जाँच भएको थियो तर रिपोर्ट नेटेटिभ आएको थियो। सरोज खान भारतको फिल्म इण्डस्ट्रीको दिग्गज नृत्य निर्देशक मध्ये एक हुन्।
उनले आफ्नो करियर एक असिस्टेन्ट कोरियोग्राफरका रुपमा गरेकी थिइन्। उनले सन १९७४ मा चलचित्र गीता मेरा नाममा पहिलो पटक गीतको स्वतन्त्र रुपले निर्देशन गरेकी थिइन्। एजेन्सी
Facebook Comments


























