असार १८ । सिरि ए फुटबलमा ईन्टर मिलानले फराकिलो जित आत्मसाथ गरेको छ।
बुधबार राति ईन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले हराएको छ।
ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए।
लोनमा साञ्चेज म्यान्चेष्टर युनाईटेडबाट ईन्टर आएका थिए। उनी सिजनको अन्तिमसम्म क्लबमै रहने बताइएको छ। उनले क्लबसंंग सिजनको अन्तिमसम्म रहने गरि भर्खरै सम्झौता गरेका छन्।
जितसंगै ईन्टर तेस्रो स्थानमा थप मजबुद बनेको छ। क्लब सिरि एको उपाधि होडमा यथावत छ। ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ।
तालिकाको पुछार रहेको ब्रेसिया २५ अंक सहित रेलिगेशनको दबाब खेपिरहेको छ। एजेन्सी
Facebook Comments


























