दाङ, असार १७ । दाङमा आफ्नै बुवाको खुकुरी प्रहारबाट छोरा घाइते भएका छन्। जिल्लाको दंगिशरण गाउँपालिका ५ नौबस्ताका ४६ वर्षीय खुशिराम चौधरीले खुकुरी प्रहार गर्दा २७ बर्षिय छोरा श्रीप्रसाद चौधरी घाइते बताएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार सामान्य घरायसी झगडा हुँदा आफ्नै छोरालाई बाबुले खुकुरी प्रहार गरेका हुन्। प्रदेश प्रहरी कार्यालय दाङका अनुसार छोरा श्रीप्रसादको बाँया हातमा गहिरो चोट लागेको छ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने खुकुरी प्रहार गर्ने बाबुलाई नियनत्रणमा लिई आबश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Facebook Comments


























