पर्सा, असार । वीरगन्ज महानगरपालिका–२४ रमगढवाबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी पन्टोका बस्ने ३६ वर्षीय प्रमोदकुमार र वीरगन्ज महानगरपालिका–२५ सिर्सिया बस्ने २८ वर्षीय सत्तोधनप्रसाद कलवार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना ५१ प २८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
Facebook Comments


























