चीन, असार १६ । विश्वमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिइरहेका बेला चीनमा नयाँ फाइरस फेला परेको वैज्ञानिकहरुले बताएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वमा उग्र रुप लिइरहेका बेला चीनमा सुँगुरबाट सर्ने नयाँ भाइरस पत्ता लागेको हो।
यो सुँगुरमा देखा परेको यो नयाँ भाइरस मानिसमा सरेमा भयावह रुप लिने वैज्ञानिहरुले निष्कर्ष निकालेका छन्। त्यस्तै वैज्ञानिकहरुले यो भाइरसले सुँगुरको रेखदेखा खटिने मानिसबाट छिटो सर्ने भएकाले तत्काल सावधानी अपानउन जरुरी रहेको बताएका छन्।
यो भाइरससँग लड्न मानिसहरुको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले सुँगुर उद्योगमा काम गर्ने कामदाहरुको निगरानी गर्नुपर्ने वैज्ञानिकहरुले सुझाव दिएका छन्।
विश्वले हालको कोरोनाभाइरस महामारीको अन्त्य गर्ने प्रयास गरे पनि इन्फ्लूएन्जाको नराम्रो चोट लाग्ने यो नयाँ भाइरसको खतरा रहेको वैज्ञानिकहरुले चेतावनी दिएका छन्।
वैज्ञानिकहरुले चीनमा सुँगुर उद्योगमा काम गर्ने मानिसहरुमा संक्रमण फेला पारेका हुन्। यो संक्रमण समुदायस्तरमा फैलिए यसले उग्र रुप लिने वैज्ञानिकहरुले चेतावनी दिएका छन्।
वैज्ञानिकले सँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी रहेको कुरा प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेखेका छन्।
‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ।’
बेलायतको नोटिङ्घम युनिभर्सिटीमा काम गर्ने प्रो. किन्–चाउ चानले बीबीसीलाई भने, ‘अहिले हामी कोरोनाभाइरसबाट अलमलिएका छौं। तर हामीले सम्भावित खतरनाक नयाँ भाइरसहरू बिर्सनु हुँदैन।’
उनले नयाँ भाइरसले तत्कालै समस्या नपारे पनि यसलाई वेवास्ता गर्न नहुने बताएका छन्। त्यस्तै क्याम्ब्रिज विश्वविद्यालयको पशु चिकित्सा विभाग विभागका प्रमुख प्रोफेसर जेम्स वुडले हामी लगातार नयाँ रोगको जोखिममा रहेको बताएका छन्।
उनले भनेका छन्, ‘यो भाइरस जनावरहरूको खेती गर्ने मानिसहरूसँग बढी सम्पर्क हुन्छ। वन्य जीवनसंग भन्दा, महत्वपूर्ण महामारी भाइरसको स्रोतको रूपमा कार्य गर्न सक्दछ।’


























