काठमाडौं, असार १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन खुकुलो पार्दा अर्थतन्त्रले ८० प्रतिशत लय समातेको दावी गरेका छन्।
सोमवार नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारण सभामा बोल्दै उनले अर्थतन्त्रले लय समात्दा राज्य कोषलाई समेत सहज भएको बताए।
असार १ गतेदेखि बन्दाबन्दी खुकुलो पार्दा आर्थिक अवस्था पुरानै लयमा फर्किएको उनले बताए।
लकडाउन खुकुलो पार्दा भन्सार महसुल र आन्तरिक राजस्व संकलनको गति बढेको उनले बताए।
‘हामीले लकडाउन खुकुलो बनाएपछि आर्थिक गतिविधिमा वृद्धि भएको छ,’ उनले भने,‘यदि साउनबाट आवत–जावतमा थप सहज बनाए आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि सहज हुनेछ।’
Facebook Comments


























