सिन्धुपाल्चोक, असार १५ । सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा आइतबार राति आक्रमण भएको छ। स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पुर्याएका हुन्।
चौतारा साँगाचोकगढी नगरपालिका–५ का भोजबहादुर थापा मगरले मादक पदार्थ सेवन गरी तथानाम गालीगलौज गर्दै एफएमको कार्यालयमा बञ्चरो प्रहार गरेर ढोका तथा झ्यालका सिसा तोडफोड गरी कार्यालयमा क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए।
प्रहरीले घटनामा संलग्न थापा मगरको खोजी गरिरहेको र घटनास्थलबाट एकथान बञ्चरोसमेत बरामद गरेको जनाएको छ।
रेडियो सञ्चालनका लागि उपयुक्त वातावरण नबनेसम्म प्रसारण सेवा बन्द गरिने स्टेशन प्रमुख ङेम्लिङ लामाले बताए।
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









