काठमाडौं, असार १५ । आज राष्ट्रिय धान दिवस। यस दिन नेपाली समाजमा दहि च्यूरा खाने दिनका रुपमा पनि प्रचलित छ।
‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन भने नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ। कृषि प्रधान देश नेपालका अधिकांश मानिसको पेशा अहिले पनि खेतीपाती नै हो।
नेपाली अर्थतन्त्र कृषि प्रधान भए पनि केही वर्ष अगाडिसम्म धान निर्यात गर्ने देश अहिले अर्बौअर्बको धान अयात गरेर आफ्ना जनता पालिरहेको छ। चालु आर्थिक वर्षको ११ महिनामा मात्र ३१ अर्बको चामल आयात गरिसकेको छ।
कृषि खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्न नसक्दा, जनशक्ति कामका लागि आफ्नो थातथलो छाडी शहर र विदेश पलायन हुँदा मुलुक खाद्यान्नका लागि परनिर्भर भएको निकै वर्ष हुन थाल्यो। यस वर्ष कृषकलाई कोरोनाको कहर त थियो नै सलहको अर्को प्राकृतिक आपत् पनि थपिएको छ। जसले किसान चिन्तित भएका छन्।
नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको छ। नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैया र बोरो धानको खेती हुँदै आएको छ। नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८ दशमलव ३ प्रतिशत जमिनमा धान खेती गरिन्छ।
नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो। भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो।
नेपालमा धानको उत्पादन प्रतिहेक्टर तीन हजार किलो हुने गरेको अनुमान छ। नेपालमा धानका रैथाने जातका ८६ मध्ये ७ वटा मात्र रैथाने जातका धानको खेती हुन्छ। नेपालमा करिब १४ लाख २५ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको कृषि मन्त्रालयको आँकडा छ। नेपालको कुल ग्राहस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशत कृषि क्षेत्रको योगदान छ।
आज खेतखेतमा रोपाँईको चटारो देखिन्छ भने रोपाँई गरिसकेका किसानले खेतमा गएर दहि चिउरा खाने गर्दछन्। रोपाँईमा असारको फल मानिने आँप, कटहर सहित दहि र चिउरा खाइन्छ। असारे भाखा हाली गीत गाउँनु रोपाँईको अर्को आकर्षण हो। रोपाँईमा बाउसे र लाठेहरुले गरा सम्याउने र आली मिलाउने काम गर्दछन् भने रोपाहारहरुले धानको बिउ खेतको हिलोमा रोप्दछन्।
यसवर्ष असार लागेसँगै मनसुन शुरु भएकाले कृषकलाई असार १५ चटारोका रुपमा देखिएको छ। नेपालमा सामान्यतया जेठ अन्तिम सातादेखि मनसुन सुरू हुने गर्दछ। अधिकांश किसान अकाशे पानीमा भर पर्नुपर्ने बाध्यताका कारण पनि जहिले पानी पर्छ त्यही बेला मौका छोप्नुपर्ने अवस्था छ। देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाई सुविधा उपलब्ध छ।
नेपाल संसारकै सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश हो। समुद्री सतहदेखि ७० मिटर उचाईमा अवस्थित झापाको केचनादेखि २ हजार ७ सय ८० मिटर उचाइको जुम्लाको छुमचौरमा पनि धान खेती गरिन्छ। यसरी जुम्लाको धान खेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा गरिने धानखेती भनिन्छ।
जुम्लाको मार्सी धान नेपालभरी नै कहलिएको धान हो। नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने नेपालमा सामान्यतया २५ डिग्री तापक्रमदेखि ३२ डिग्री सेन्टिग्रेड तापक्रम भएका स्थानमा धान खेती गरिन्छ।
धान विश्वको प्रमुख बाली हो। यसको वैज्ञानिक नाम ओरिजा सेटिभा हो। खोज अनुसन्धान अनुसार धान सबैभन्दा पुरानो बालीमध्ये एक हो। यसको खेती हजारौं वर्ष पहिले नै गरिएको थियो।
संसारको करिब ३ अर्ब ५० करोड मानिस अर्थात ६० प्रतिशत मानिसको मुख्य खाना चामलजन्य खाद्यान्नलाई नै मानिन्छ। एशियाली देशमा त ९० प्रतिशत बढी मानिस चामलजन्य खाद्यवस्तु खान्छन्।















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










