उदयपुर, असार १४ । उदयपुरमा चट्याङ लागेर थप एकजनाको मृत्यु भएको छ।
योसहित उदयपुरमा चट्याङ लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।
शनिबार साँझ वर्षासहित परेको चट्याङबाट घाइते भएका चौदण्डीगढी नगरपालिका–५ का १८ वर्षीय दिपेश मगरको आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
खेतमा काम गर्नेक्रममा चट्याङ पर्दा उनी गम्भीर घाइते भएका थिए।
Facebook Comments


























