मुम्बई, असार १४ । भारतको दिल्ली राज्यका विद्यालयहरु अझै एक महिना बन्द गरिने भएको छ। कोरोना महामारीका कारण केही महिनादेखि भारतका सबै विद्यालयको पठनपाठन बन्द छ।
दिल्ली राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आउँदो जुलाई ३१ सम्म राज्यका सबै स्कूल बन्द गरिने बताए।
कोरोना भाइरस महामारीको त्रासका बेला अझै पनि विद्यालय खोल्न नसकिने उनले बताए। उप मुख्यमन्त्री सिसोडियाले सरोकारवाला र उच्च सरकारी अधिकारीहरुसँगको बैठकले अहिले विद्यालय खोल्न नहुने निष्कर्ष निकालेको बताए। एजेन्सी
Facebook Comments


























