असार १४ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिनासम्म लाग्ने बताएको छ।
कोरोनाको भ्याक्सिन तयार पार्न कैयन् देश लागिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो।
विश्वमा फैलिएका यस्ता महामारीको भ्याक्सिन तयार हुन समय लाग्ने र सबैभन्दा कम समय इबोला भ्याक्सिन बनाउन लागेको भन्दै डब्लुएचओले जनाएको छ। साथै डब्ल्युएचओले भ्याक्सिन बन्न समय लाग्ने भन्दै कोरोना महामारीबाट सचेत हुन भनेको छ। डब्लुएचओका अनुसार सामान्य भ्याक्सिन बनाउन ८ देखि १० वर्षसम्म लाग्न सक्छ।
एक अध्ययनका अनुसार विश्वमा केहीले कोरोनाबाट बच्न आफ्नो रोगप्रतिरोधात्मक क्षमता विकास गरेका छन्। विश्वका कैयन् देशमा कोरोना संक्रमण लाखौंको संख्यामा फैलिएको छ।
यस्तो अवस्थामा महामारीका रुपमा फैलिएको कोरोना रोक्न भ्याक्सिन नै एक विकल्प भएको पनि डब्ल्युएचओले जनाएको छ। एजेन्सी


























