धनगढी, असार १३ । बैतडीमा दुई महिना देखि क्वारेन्टिनमा खाना पकाउँदै आएका व्यक्तिको मृत्यु भएको छ।
शनिबार दशरथचन्द नगरपालिका –६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
दशरथचन्द नगरपालिका –४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने काम गरिरहेका ति पुरुषको शनिबार बिहान एक्कासी बिरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्तराज जोशीले बताए।
Facebook Comments


























