वासिंटन, असार १३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्वसल्लाहकार तथा साथी रोजर स्टोनलाई जेल चलान गर्न आदेश दिएको छ। उनलाई यहाँको संघीय अदालतले जुलाइ १४ सम्ममा जेल चलान गर्न आदेश दिएको हो।
गत वर्ष उनीमाथि फौजदारी मुद्दामा दोषी ठहरिएपछि शुक्रबार अदालतले उनलाई जेल सजाय तोकिएको हो।
२०१६ मा राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे अनुसन्धानको क्रममा संसदलाई ढाँटेको अभियोग उनीमाथि लगाईएको छ। सोही मुद्दा अन्तर्गत उनीमाथि गत नोभेम्बरमा नै अदालतले दोषी ठहर गरेको थियो।
न्यायाधीश एमी बरम्यानको इजलाशले स्टोनलाई तीन वर्ष र चार महिना जेल सजाय तोकेको हो। ६७ वर्षीय रोजर साउथ फ्लोरिडामा बस्दैआएका थिए। ट्रम्पले भने स्टोनमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन्। एजेन्सी
Facebook Comments

























