चितवन । लोक सेवा आयोगकाे परीक्षाबाट २२ जना सह–सचिव पदमा बढुवा हुने भएका छन्। आयाेगले शुक्रबार प्रकाशित गरेकाे नतिजाअनुसार सह–सचिव पदका लागि २२ जना छनाैटमा परेका हुन्। आयोगको विज्ञापन नम्बर १६६५३/२०७६-०७७ (आन्तरिक प्रतिस्पर्धा) नेपाल प्रशासन सेवा, सहसचिव वा सो सरह पदका लागि २२ जनाकाे माग भएअनुसार लिखित परीक्षाबाट अन्तर्वार्ताकाे लागि २८ जना लागि छनौट भएका थिए। तीमध्ये ६ जना वैकल्पिकमा परेकाे आयाेगले जनाएकाे छ।
आयोगले यही असार २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा लिएकाे थियाे। सह–सचिवमा बढुवा हुनेहरुमा चितवनका भरतपणि पाण्डे पनि परेका छन्। भरतपुर १० चितवन निवासी पाण्डे यसअघि जिल्ला विकास समिति हुँदा स्थानीय विकास अधिकारी भएर काम गरेका थिए। यस्तै तत्कालिन भरतपुर उप–महानगरपालिकाका कार्यकारी अधिकृत भएर काम गरिसकेका लम्जुङका महेश बरालले पनि नाम निकाल्न सफल भएका छन्। पिडिएफ फाइलमा नतिजा हेर्नुहाेस्ः


























