काठमाडौं, असार १२ । धान रोपाइँ हुने क्षेत्रफलमध्ये २० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार असार १० गतेसम्म २०.०५ प्रतिशत भुभागमा रोपाइँ सकिएको हो।
यो गत असार १० गतेसम्म भएको रोपाइँको तुलनामा ८.४१ प्रतिशतले बढी हो। समयमै मनसुन सुरू हुनाले रोपाइँ बढेको मन्त्रालयले बताएको छ।
उक्त अवधिमा उच्च पहाडमा २६.०७, मध्य पहाडमा २०.०७ र तराईमा १९.७५ प्रतिशत भुभागमा रोपाइँ सकिएको छ।
सबैभन्दा बढी प्रदेश ५ मा ३६.२६ प्रतिशत भुभागमा रोपाइँ भएको छ। त्यस्तै, सुदुरपश्चिममा २१.४६, कर्णालीमा २०.११, बागमतीमा १८.६८, प्रदेश २ मा १५.५३, गण्डकीमा १३.७२ र प्रदेश १ मा १०.४१ प्रतिशत भुभागमा रोपाइँ सकिएको छ।
Facebook Comments


























