सप्तरी, असार ११ । सप्तरीमा आज बिहान चट्याङ लागेर चार जनाको ज्यान गएको छ।
डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादव, महादेवा गाउँपालिका २ का ६० वर्षीय छेवी ठाकुर, सोही स्थानका २७ वर्षीय बेतन यादव र राजगढ गाउपालिका ३ का केसीलाल साह मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले चट्याङ लागेर चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।
केसीलाल साहको उपचारका क्रममा मृत्यु भएको हो। चट्याङ लागेर थप ३ जना घाइते भएका छन्।
चट्याङ लागेर घाइते भएकी राजगढ गाउँपालिका ३ का १८ वर्षीय आशा मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ। राजगढ र महादेवाका अन्य २ घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








