चितवन । इच्छाकामना गाउँपालिकाको सातौ गाउँसभा स्थगित भएको छ। सभाको लागि उपस्थित सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बुधबार हुन लागेको सभा स्थगित भएको हो। तोकिएको समयभन्दा ढिला गरी सुरु भएको सभा १० मिनेट पनि नबसी स्थगित भएको थियो।बिहीबार ११ बजे बस्ने गरी बुधबारको सभा स्थगित भएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्। ३४ जना गाउँ सभा सदस्य रहेको इच्छाकामनामा बुधबार जम्मा १५ सदस्य मात्रै उपस्थित थिए। इच्छाकामना चितवन जिल्लाकाे एकमात्र गाउँपालिका हाे।
Facebook Comments


























