धनगढी, असार १० । कैलालीका थप ५७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशीक अस्पताल धनगढीले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार कोरोना परीक्षण गरिएकामध्ये धनगढी उपमहानगरपालिकाका ६ महिला र १९ पुरुष गरी २५ जना र नगरपालिका गोदावरीमा ४ महिला र २८ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो।
बुधबारका ५७ जना थपिएसँगै कैलालीमा कुल संक्रमित संख्या ४ सय ६७ पुगेको छ।

Facebook Comments


























