असार १० । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुन फर्किएको छ।
सोमबार राति एट्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको हो।
ईभान राकिटिचको गोलमा बार्सिलोनाले महत्वपूर्ण तीन अंक बटुल्न सफल रह्यो।
६४ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राकिटिचले बार्सिलोनालाई जित दिलाएका हुन्। लियोनल मेस्सीको पासमा उनले खेल सकिन १९ मिनेट अगाडी गोल गरे।
योसंगै स्पेनिस लिगको यस सिजन मेस्सीले १५ औं गोलको अवसर सिर्जना गर्न सफल रहे। उनी आफै करियरको ७ सर्यौ गोल पुरा गर्न एक गोलको खोजिमा छन्। तर बिल्बाओबिरुद्धको खेलमा मेस्सीले सो गोल भेट्टाउन सकेनन्।
रियल मड्रिडले बुधबार मालोर्कालाई पराजित गरेको खण्डमा पुन लिगको शीर्ष स्थानमा फर्कन सक्नेछ।
तर पछिल्लो जितले बार्सिलोनाले आफुलाई उपाधि होडमा राखेको छ। राकिटिचले सिजनको पहिलो गोल गर्न सफल रहे।
शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ। एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिको ६५ अंक छ। बिल्बाओ ४२ अंक सहित तालिकाको दशौं स्थानमा यथावत छ। एजेन्सी


























