पोखरा, असार १० । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ७ सय २९ पुगेको छ। यो प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार लमजुङमा ५ जना, पर्वतमा १, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, यस्तै गोरखामा १, नवलपुरमा ३, बाग्लुङमा ९ र तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिकामा ३० महिना बालिकासहित ५ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ।
यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १ जना र आँधीखोला गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण भएको छ।
यस्तै लमजुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेशीशहर नगरपालिकाकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
बाग्लुङका बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कास्कीको पोखरा महानगरपालिकामा पनि २ महिला र एक पुरुषमा कोरोना संक्रमण देखिएको छ भने मादी गाउँपालिकाका एक महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ। त्यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पर्वतको कुश्मा नगरपालिका, तनहुँको देवघाट गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।



























