मुम्बई, असार ७ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ट्वीटर अकाउन्ट बन्द गरेकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफुले ट्वीटर अकाउन्ट बन्द गरेको जानकारी गराएकी हुन्। उनले इन्स्टाग्राममार्फत आफु नकारात्मक कुराबाट टाढा रहन ट्वीटर अकाउन्ट बन्द गरेको बताएकी छिन्।
भिनेता सुशान्त सिंह राजपूतको निधनपछि पछिल्लो समय बलिउडमा नेपोटिजमको कुरा चलेपछि केही कलाकारका फलोअर्स घटेका छन्। आफ्नै घरमा पासो लगाएर ज्यान फालेका सुशान्तलाई लिएर बलिउडमा बिभिन्न कुराहरु चलिरहेका छन्।
बलिउडमा नेपोटिजमको कुरा उठेसँगै विभिन्न कलकारविरुद्ध सामाजिक सञ्जालमा बिरोध पनि गरिएको छ। एजेन्सी
Facebook Comments


























